खरिपाटी-क्वारेन्टाइनबाट-प्रधानमन्त्रीलाई-धन्यवाद

हुवे प्रान्तभरिबाट वुहानका वुवादामा जम्मा भएका १८१ जना भेला भएपछि इमिग्रेसनसम्मको ५ वटा स्वास्थ परीक्षण पार गरेर १ सय ७५ जना नेपालबाट आएको विमान चढ्न वेटिङ रुमसम्म पुग्दा थकित देखिन्थे ।

तर, यो थकाइका दृष्य तुरुन्तै हर्षमा परिणत भयो । कारण थियो, नेपाल वायुसेवाको विमान टर्मिनलमा हाम्रो प्रतीक्षा गरिरहेको दृष्य । आफनो देशको ध्वजावाहक विमानले आफ्ना नागरिकको उद्धार गर्न आएको देख्दा आँखा रसाउँदो रहेछ । पहिलोचोटि यस्तो अनुभव भयो ।

हामी सबै विमानमा विस्तारै प्रवेश गरेपछि सबैका लागि सिट तोकिएको थियो । सबैजना आआफ्नो सिटमा बसेपछि ती ६ जना साथीहरुको बारेमा थाहा पाइयो जसले विमान चढ्न पाएनन् । ४ जना स्वेच्छाले निर्णय लिएछन् र २ जनाको शरीरको तापक्रम बढी भएर चीन सरकारले नेपाल फर्किन रोक लगाइदियो ।

यो खबर सुन्दा दुख लाग्यो । विमानमा रहेका हाम्रो हेरचार गर्ने सबै चालक दलका सदस्य (क्रु) ले हामीलाई खुुसी साथ स्वागत गरी सबै निर्देशन बुझाए र केही बेरमा विमानले उडान भर्‍यो ।

त्यो क्षण विमानभित्रका कसैले आफ्नो जिन्दगीमा नबिर्सने क्षणको रुपमा लिनेछन् । जब विमान चक्काले वुहानको जमिन छोड्यो । १ सय ७५ जनाको तालीले पुरै विमान गुन्जियो । त्यहाँ रहेका धेरैले एकअर्कोलाई चिन्दैन थिए । तर यो ताली मनबाट राष्ट्रियताले ल्यायो ।

सबैको मनमा थियो नेपाल सरकारले गरेर देखायो । मनबाटै धन्यवाद । नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गर्नासाथै त्यो ताली फेरि गुन्जियो । सबैको मुहारमा खुसी छाएको थियो । विमानको झ्यालबाट हेर्दा ५ वटा स्वास्थ परीक्षण त्यसपछि ५ वटा बस हाम्रो प्रतीक्षामा थिए ।

विमानबाट निस्कदा विमान क्रुले ‘वेलकम ब्याक टु नेपाल’ भन्दा शरीर नै खुसीले सिरिङ्ग भएर आयो । स्वास्थ परीक्षणपछि हामी बस चढेर खरिपाटीतिर लाग्यौं । हामी खरिपाटी पुग्दा विहानको साढे ६ बजेको थियो होला । हाम्रो बस्ने व्यवस्था ३ वटा भवनमा मिलाइएको थियो ।

सबैलाई आफ्नो विल्डिङ नम्बर,

 » पुरा समाचार पढ्नुहोस