क्वारेन्टाइनस्थलमा-सीडीओ-र-मन्त्री,-विद्यार्थी-र-अभिभावक-ढुक्क

६ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालमा पनि त्यसको व्यापक चर्चा भयो । नेपालले आफ्ना नागरिकलाई फर्काउन ढिला गरेको भन्दै सरकारको व्यापक आलोचना भयो । यतिसम्म कि चीनमा रहेका नेपाली विद्यार्थीका अविभावकहरु मन्त्रालय घेराउ गर्नसम्म पुगे ।

सरकारले ढिलै भए पनि चीनमा रहेका १७५ जनालाई उद्धार गरेर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा राखेको छ । उद्धार भएर आएका नेपाली विद्यार्थीले मंगलबारसम्म आइपुग्दा क्वारेनटाइनमा चौथो दिन बिताएका छन् ।

चीनबाट उद्धार गरेर ल्याइएका विद्यार्थीहरु खरिपाटीमा राख्ने निर्णय भएसँगै स्थानीयले त्यसको विरोध गरे । स्थानीय सरकार (चाँगुनारायण नगरपालिका) ले पनि जिल्ला प्रशासन कार्यालयलाई औपचारिक पत्र लेख्दै खरिपाटीमा नराख्न आग्रह गरेको थियो । यद्यपि,

 » पुरा समाचार पढ्नुहोस