किताबमा-कर-:-पुस्तक-बिक्रेताको-मुद्दा-विद्यार्थीसम्म-पुग्यो

७ फागुन, काठमाडौं । सरकारले पुस्तकमा कर बढाएको भन्दै ‘पुस्तक प्रेमी’हरु आन्दोलनमा छन् । खासगरी त्रिचन्द्र क्याम्पसमा पढ्ने बिद्यार्थीले आन्दोलनको अगुवाइ गरिरहेका छन् । पुस्तक व्यवसायीहरु पनि सरकारको निर्णयप्रति असन्तुष्ट छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आयातीत मुद्रण सामाग्रीमा १० प्रतिशत भन्सार महसुल बढाउने नीति लिएपछि पुस्तक व्यवसायी र कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका हुन् ।

दुईपटक माईतीघरमा पुस्तक पढ्दै बिरोधमा उत्रिएका विद्यार्थीहरु सिंहदरबार अगाडि पुस्तकमाथि लगाइएको करको बिरोध गर्दा गत साता पक्राउ परे । सिंहदरबार अगाडि सांकेतिकरुपमा पुस्तक पढिरहेका ९ जनालाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरेको थियो ।

आन्दोलित अगुवामध्येका एक सुमन बसौलाका अनुसार उनीहरुको सांकेतिक आन्दोलन पछिल्लो डेढ महिनादेखि जारी छ । ‘हाम्रो आन्दोलन अझै जारी छ,

 » पुरा समाचार पढ्नुहोस