८ फागुन, काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।
घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो ।
प्रहरीले २ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ,