विश्वविद्यालयमा-मदन-भण्डारी-फाउण्डेसन-नजोडिने

८ फागुन, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा मदन भण्डारी फाउण्डेसनलाई नजोडिने भएको छ ।

विश्वविद्यालयको संरक्षक समितिमा मदन भण्डारी फाउण्डेसनको अध्यक्ष वा उसले तोकेका दुई जना सदस्य रहने प्रावधान हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल सहमत भएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले विश्वविद्यालयमा कुनै संघसंस्थाको प्रतिनिधित्वको व्यवस्थालाई कानूनमै राख्न नहुने भन्दै विरोध जनाएका थिए ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा खोलिएको फाउण्डेसनको संरक्षक भण्डारी पत्नी एवं राष्ट्रपति विद्या भण्डारी र अध्यक्ष भण्डारीकी छोरी उषाकिरण भण्डारी छन् ।

विदेशी सहभागिताबारे कुरा मिल्न बाँकी

विधेयकमा विश्वविद्यालयको संरक्षक समिति वा पदाधिकारीमा विदेशी र गैरआवासीय नेपालीलाई राख्न सकिने व्यवस्था छ ।

यो व्यवस्था हटाउनुपर्ने माग सांसदहरुको छ । तर,

 » पुरा समाचार पढ्नुहोस