बास्कोटाको-अडियोले-ब्यूँझियो-छाया-सरकार

११ फागुन, काठमाडौं । नौ महिनासम्म निष्क्रियजस्तै रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसको छायाको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा छाया प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् ।

काग्रेसले ६ जेठमा २१ वटा मन्त्रालयगत समिति बनाएको थियो र संयोजक र सदस्यहरु तोकेको थियो । सामान्यत छाया सरकारमा मन्त्रीहरु मात्र तोकिने भए पनि कांग्रेउसले नेताहरुको भागवण्डा मिलाउन संयोजकसँगै सदस्यहरु तोकेको थियो ।

गठन भएको लामो समयसम्म कांग्रेसको छाया सरकारले संसदमा भूमिका देखाउन सकेन । छाया मन्त्रीहरु आफ्नो मन्त्रालय र त्यसले हेर्ने विषयभन्दा निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिका मुद्दाहरुमा केन्द्रित भएर बोल्न व्यस्त भए ।

कांग्रेस संसदीय दलका नेता एवं छाया प्रधानमन्त्री देउवाले आइतबार पहिलो पटक छाया मन्त्रीहरुको बैठक राखेर छाया मन्त्रीहरुले केके भइरहेको छ भन्ने सोधीखोजी गरेका छन् । र,  » पुरा समाचार पढ्नुहोस