स्थायी-कमिटीमा-अस्वीकृत,-सचिवालयमा-सर्वसम्मत-!

१३ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा अस्वीकृत भएपछि सचिवालयमा पुगेको पाइएको छ । सचिवालयले यसका लागि कार्यदल गठन गरेको भएपनि नेताहरुले सार्वजनिक रुपमा स्वीकार गर्न समेत सकेका छैनन् ।

पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि संविधान संशोधनका लागि कार्यदल गठन गर्ने सहमति गरेका सचिवालयका नेताहरु तैचुप मैचुपको अवस्थामा पुगेका छन् ।

संविधान संशोधन गर्ने प्रस्ताव पुसमा सम्पन्न स्थायी कमिटी बैठकको अन्तिम दिन नै आएको एक नेताले बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संविधान संशोधन गर्ने र त्यसका लागि कार्यदल गठन गर्ने प्रस्ताव राखेका थिए । तर त्यो बैठकमा रघुजी पन्त एकजना नेतामात्र थिए,

 » पुरा समाचार पढ्नुहोस