इजिप्टका-पूर्व-राष्ट्रपति-मुकारकको-निधन

काठमाडौं । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुकारकको ९१ वर्षको उमेरमा मृत्यु भएको छ । तीन दशकसम्म इजिप्टमा शासन गरेका उनी सन् २०११ को विद्रोहसँग पदबाट हटेका थिए ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको हत्या गरेको अभियोगमा उनी दोषी समेत ठहर भए र २०१२ मा आजीवन काराबास सजाय सुनाइएको थियो । । तर २०१७ मार्चमा रिहा भए ।

उनको जनवरीमा शल्यक्रिया गरिएको थियो । आइतबार उनका छोराले उनी आईसीयूमा रहेको बताएका थिए ।

मंगलबार उनको निधन भएको छ । उनको निधनको इजिप्टको सरकारी सञ्चार माध्यमले पुष्टि गरेका छन् ।

१९२८ मा जम्मिएका मुबारक एयरफोर्समा थिए र १९७३ को अरब इजरायली युद्धमा भूमिका खेले । त्यसको एक दशकभन्दा पनि कम समयमै उनी राष्ट्रपति बने र इजरायल-प्यालेस्टाइन शान्ति प्रक्रियाका महत्वपूर्ण भूमिका निभाए ।

उनको समयमा लाखौं डलर सैन्य सहयोग पनि आएको थियो तर बेरोजगारी,

 » पुरा समाचार पढ्नुहोस