उत्कर्षमा-नेकपाको-विवाद,-संकटमा-प्रधानमन्त्री

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने सन्देशसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षतर्फ अग्रसर भएको देखिएको छ ।

बुधबार विहान बसेको नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । तर निर्णयको केही घन्टा वित्न नपाउँदै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन गर्न नसक्ने बताए ।

यससँगै पाँचवर्ष सत्ता सञ्चालन गर्न जनताको अत्याधिक बहुमत पाएको नेकपाभित्र उत्पन्न विवाद र शक्ति संघर्ष उत्कृर्षमा पुगेको विश्लेषण हुन थालेको छ । नेकपाको मुख्य नेतृत्वले सुझबुझ देखाउन सकेन भने पार्टीमा दुर्घटना हुनसक्ने नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुमाथि आफूलाई घेराबन्दी गर्न शक्तिकेन्द्र र व्यापारिक घरानाको समेत प्रयोग भएको गम्भिर आरोप लगाएसँगै दुई अध्यक्षको अविश्वास उत्कर्षमा पुगेको बुझ्न सकिन्छ ।

२०७४ को आम चुनावमा तत्कालीन एमाले र माओवादीको वाम गठबन्धनले बहुमत पाएको थियो । चुनावपछि पार्टी एकता गरेर नेकपा बनाउँदा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने गोप्य सहमति भयो,

 » पुरा समाचार पढ्नुहोस