आईसीयूबाटै-छोरीज्वाइँलाई-टीका

१७ फागुन, चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो ।

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित परशुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए ।

नारायणगढको हरिहर मन्दिरमा विवाह सकेपछि शान्ता र सुवास क्यान्सर रोगको उपचार गराइरहेका बुवाको आर्शिवाद लिन अस्पतालको आइसीयू पुगेका थिए ।

छोरीज्वाइँलाई आईसीयूभित्र देख्नेवित्तिकै सकीनसकी परशुरामले दुईहात जोडेर नमस्कार गरे । केही मुस्कुराउने प्रयास गरे ।

जिब्रोमा क्यान्सर भएकाले उनी बोल्न सक्ने अवस्थामा थिएनन् । दुनोमा ल्याइएको टीका पालैपालो लगाएर छोरीज्वाइँलाई आर्शिवाद दिए ।

बुबाको हातबाट टीका लगाएर आर्शिवाद लिएपछि बुबालाई सञ्चो हुन्छ भन्दै ढाढस दिए,

 » पुरा समाचार पढ्नुहोस