भ्रमण-वर्ष-२०२०-र-सगरमाथा-सम्वाद-स्थगित-गर्ने-तयारी

१८ फागुन, काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ ।

दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक/दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।

आइतबार मन्त्रिपरिषद् लगतै समिति बैठक बसेको थियो,

 » पुरा समाचार पढ्नुहोस