आफ्नै-निर्णयबाट-राष्ट्र-बैंक-ब्याक,-२-करोडसम्म-ऋण-लिन-करचुक्ता-नचाहिने

१९ फागुन, काठमाडौं । कर्जा लिनका लागि करचुक्ताको प्रमाणपत्र अनिवार्य गर्ने निर्णयबाट राष्ट्र बैंक ब्याक हटेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले सानो परिमाणका कर्जामा करचुक्ताको प्रमाणपत्र नभए पनि हुने व्यवस्था गरेको छ ।

अब २ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिनेहरुका लागि मात्रै कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

राष्ट्र बैंकले केहि समय अघि एकीकृत निर्देशन जारी गर्दै कर्जा लगानी गर्दा करचुक्ताको प्रमाणपत्र अनिवार्य गरेको थियो । कर चुक्ता अनिवार्य गर्नुका साथै आम्दानी समेत करचुक्ता भएको रकमलाई आधार मान्नु पर्ने राष्ट्र बैंकको नयाँ नीतिले कर्जा लगानी सुस्ताएको विश्लेषण हुन थालेको थियो ।

कर्जा लगानमिा सुस्तता आएको भन्दै नेपाल बैंकर्स संघले कर्जा लिन आउनेहरुका सबैका लागि कर चुक्ता अनिवार्य चाहिने व्यवस्थामा केहि सहजता ल्याउन माग गर्दै आएका थिए ।

संघका पदाधिकारीहरुले यो गुनासो अर्थमन्त्री डा.

 » पुरा समाचार पढ्नुहोस