अब-वर्षमा-३-सय-६४-र-फेब्रुअरीमा-३०-दिन-!-वैज्ञानिकले-बनाए-नयाँ-पात्रो

काठमाडौं । सामान्य वर्षहरुमा फेब्रुअरी महिना २८ दिनको हुन्छ । तर हरेक चार वर्षमा आउने अधिक वर्षमा चाहिँ फेब्रुअरी महिनामा २९ दिन हुन्छन् । यो वर्ष पनि फेब्रुअरी २९ दिनको थियो ।

अधिक वर्ष अर्थात् लिप इयरमा ३ सय ६६ दिनको वर्ष हुने हुनाले फेब्रुअरी महिनामा एक दिन थपिएको हुन्छ । जबकी सामान्य वर्षहरु ३ सय ६५ दिनका हुन्छन् ।

तर अनुसन्धानकर्ताहरुले यस्तो पात्रो बनाउँदैछन् जसमा अधिक वर्ष हुने छैन । अनि फेब्रुअरी महिना ३० दिनको हुनेछ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका दुईजना प्राध्यापकहरुले एक नयाँ क्यालेन्डर सिर्जना गर्दैछन् । अर्थशास्त्री स्टिभ एच हेन्के र खगोलविद रिचार्ड केन हेनरी यदि आफ्नो शोधमा सफल भए र उनीहरुले डिजाइन गरिरहेको पात्रोले विश्वभर मान्यता पायो भने सन् २०२० को वर्ष नै सम्भवतः इतिहासको अन्तिम अधिक वर्ष हुनेछ ।

उनीहरुले बनाएको क्यालेन्डरको नाम हेन्क हेनरी पर्मानेन्ट क्यालेन्डर हो । यसमा वर्षमा ३ सय ६४ दिन हुनेछन् ।

यो पात्रो एक स्थायी पात्रो हुनेछ जसमा हरेक वर्षको सुरुवात सोमबार हुनेछ । कुनैपनि मान्छेको जन्मदिन हरेक वर्ष एउटै बारमा पर्नेछ । अर्थात् हरेक वर्षको पात्रो समान हुनेछ । जसमा फेब्रुअरी महिना ३० दिनको हुनेछ । पात्रोमा जनवरी,

 » पुरा समाचार पढ्नुहोस