२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जका प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।
सोमबार नै अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई बुधबार विहान करिव १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । र, दिउँसो ३ बज्नै लाग्दा शल्यक्रिया सकिएको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत ओलीलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।
स्वास्थ्य स्थिर
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो । र,