प्रधानमन्त्री-ओलीले-शिक्षण-अस्पताल-रोज्नुका-चार-कारण

२१ फागुन, काठमाडौं । दुई साताअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण विदेश या नेपालमा भन्ने विषय बहसमै थियो । केही चिकित्सकले उनलाई नेपालमा भन्दा विदेशमै प्रत्यारोपण उपयुक्त हुने सल्लाह दिएका थिए । तर गत आइतबार एकाएक उनको प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै हुने खबर बाहिरियो ।

यो खबर धेरैका लागि अप्रत्याशित थियो । किनकी नेताहरू नेपालमै हुने उपचारका लागि पनि विदेशमा जाने गरेका थिए । त्यसमाथि प्रधानमन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण थियो र उनीलाई संक्रमणको जोखिम बढी हुने थियो । तै पनि उनले प्रत्यारोपणका त्रिवि शिक्षण अस्पताल नै रोजे ।

त्यसबेला हामीले प्राध्यापक डाक्टर अरुण सायमी र प्रेमराज ज्ञवालीलाई सोधेका थियौं,

 » पुरा समाचार पढ्नुहोस