२३ फागुन, काठमाडौं । सरकारी लक्ष्यअनुसार चालु आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन हुनुपर्ने हो । तर, परिस्थिति यस्तो आएको छ कि ऊर्जा मन्त्रालयका अधिकारीहरु नै ‘यो वर्ष ३ सय मेगावाट मात्रै थपिए पनि सुखद् हुन्थ्यो,’ भन्न थालेका छन् ।
चालु आर्थिक वर्ष २०७६/७७को पहिलो ६ महिनामा करिब १०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको थियो ।
यसै पनि यो वर्ष निर्माण सम्पन्न हुने भनिएका जलविद्युत आयोजनाहरुको काम सुस्त थियो । लक्ष्य भेट्न मुस्किल हुने अवस्था हुँदाहुँदै कोरोनाभारसको महामारी र त्यसबाट उत्पन्न परिस्थितिले जलविद्युत आयोजनाहरु थला पर्न थालेका छन् ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार यो वर्ष उत्पादन सुरु हुने अनुमान गरिएको सबैभन्दा ठूलो ४९२ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बनिनसक्ने लगभग निश्चित भएको छ । अरु सबै काम सकिए पनि ठाडो सुरुङमा पाइप जोड्ने काममा ढिलाइ हुँदा आयोजनामा असारसम्म सम्पन्न गर्न लगभग असम्भव देखिएको ती अधिकारी बताउँछन् ।
अर्को १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि असारसम्म सक्न मुस्किल छ ।
‘तामाकोसी र रसुवागढी नआउनासाथ प्रक्षेपित विजुलीको आधाभन्दा बढी हिस्सा घट्ने भयो,’ ती अधिकारी भन्छन्,‘त्यसमाथि सकिने चरणमा रहेका निजी क्षेत्रका आयोजनाहरु पनि कोरोनाका कारण प्रभावित भए पछि लक्ष्य भेटिन्न भन्ने कुरा औपचारिक घोषणा हुन मात्रै बाँकी हो ।’
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार धेरै आयोजनाले प्रोजेक्ट म्यानेजर, » पुरा समाचार पढ्नुहोस