२४ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंसँगै देशका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षापछि जनजीवन प्रभावित बनेको छ ।
शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अनलाइनखबरलाई जानकारी दिए । प्रधानाङ्गका अनुसार, पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
‘शुक्रबार देशको पश्चिम भेगबाट न्यून चापीय प्रणाली प्रवेश गरेकाले शनिबार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षा हुनेछ,’ मौसमविद् प्रधानाङ्ले भने ।
हिमाली भेगमा भने हिमपात हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । केही स्थनमा चट्याङ्,