कैलालीमा-दुई-किलो-चरेशसहित-दुई-जना-पक्राउ

कैलाली । कैलालीमा लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । उनीहरुबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।   » पुरा समाचार पढ्नुहोस