‘राममाया-तिमी-दाइ-दशरथचन्द-भनेर-एकछिन-भए-पनि-रोइदिनू-है-!’

वि.सं. १९९७ साल कार्तिक २ गतेदेखि पक्रिएका व्यक्तिहरु सिंहदरवारका स्कूलघर, बरफवाग, तबेलाघर, विजुलीघर आदिमा राखिएका छन् । ती ठाउँमध्ये स्कुलघर आजको रेडियो नेपाल भवनमा बिहान बिहान बढारी सफा गर्नलाई राममाया च्यामिनी खटिएकी थिइन् । त्यसबेला उनी चौबीस, पच्चीस वर्षकी मस्त युवती थिइन् । एउटा हातमा कुचो र अर्को हातमा बोरा लिएर सफा गर्न आएकी उनलाई देख्दा हाम्रो निगरानीमा रहेका पाश्र्वदलका सिपाहीहरु र आठपहरियाहरु जिस्कन्थे । प्रत्युत्पन्नमति भएकी राममाया उनीहरुसित जिस्केर त्यही मौकामा हामीसित यताउती  » पुरा समाचार पढ्नुहोस