बेलायतमा-कोरोनाबाट-थप-१३२२-को-मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप १३२२ को निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन मंगलबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा  सात हजार ४८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ९ हजार ३३५ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा १९ हजार २०२ जना नयां संक्रमित थपिएका छन् । अघिल्लो दिनको  तुलनामा संक्रामित संख्यामा केहि वृद्धि भएको छ ।  » पुरा समाचार पढ्नुहोस