बेलायतमा-२४-घण्टाभित्र-एक-हजार-१४-को-मृत्यु,-१९-हजार-बढी-संक्रमित

लन्डन । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमणका  कारण ज्यान गुमाउनेको संख्या एक लाख ११ हजार २६४ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत विश्वको  पाँचौं स्थामा पर्दछ ।यसैगरी शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १९ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ११ हजार ५७३ पुगेको छ ।  » पुरा समाचार पढ्नुहोस